
कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका ७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका १३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका ९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् ।
उनीहरुले पोखरा महानगरपालिका १३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्