काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

नेकपा एमालेले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय अविलम्ब सच्याउन गरे माग

4.8K
shares
khanepani bord

काठमाडौं ।नेकपा एमालेले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय अविलम्ब सच्याउन माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधवार प्रेस विज्ञप्ति गारी गर्दै जनताको मौलिक हकमाथि प्रहार गर्ने सरकारको निर्णयको निन्दा गरेका छन् ।

एमालेले भूमि आयोग खारेजीको निर्णयले संविधानले सुनिश्चित गरेको मौलिक हकको हनन गरेको र ऐन बमाजिपम गठन भएको आयोज खारेजीले सरकार दलित र भूमिविहिन विरोधी रहेको पुष्टि भएको दावी गरेको छ ।

१२ लाख भन्दा बढी भूमिहीन सुकुमबासीहरुले जग्गा पाउने बेलामा आयोग खारेजी गरिएको भन्दै राजनीतिक प्रतिशोध र पुर्वाग्रहका आधारमा आयोग विघटन गर्ने निर्णय खारेज गर्न एमालेले माग गरेको छ ।

khanepani