बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ : भूमिश्वर ढकाल

5.28K
shares
khanepani bord

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ ।

प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् । साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी छ ।

प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्‍याएको स्वीकार गरेका छन्, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए ।

ढकालले भने, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताए ।

IME
khanepani