काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा भट्टराई र पाण्डे अनुपस्थित

4.9K
shares
khanepani bord

काठमाडौ । काठमाडौ एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा पार्टी सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन्।

आफ्नी आमालाई कोभिड संक्रमण भएको कारण भट्टराई अनुपस्थित भएका हुन्। यस्तै, सवारी चालक बिरामी भएकाले पाण्डे अनुपस्थित भएका हुन्।

चालकमा स्वास्थ्य समस्या देखिएको र कोरोना परीक्षण गर्न गएकोले आफू बैठकमा उपस्थित नभएको पाण्डले बताए।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ।

बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ।

IME
khanepani