माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा एमालेभित्र समानान्तर पार्टी अभ्यास गरिरहेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।

विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने माधव नेपालको सचिवालयले जनाएको छ ।

विहीवार शुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले सुझाव दिएका थिए । अधिकांशले कार्यदलले माधव नेपाललाई धोका दिएको भन्दै अहिलेको अवस्थामा केपी ओलीसँग एकता हुन नसक्ने सुझाव दिएका थिए ।

केन्द्रीय सदस्यहरुको सुझाव लिइसकेपछि नेपालले जिल्ला पदाधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् ।

२२,श्रावण.२०७८,शुक्रबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्