काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर पुगे मालघाट

4.33K
shares
khanepani bord

कैलाली । दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ ।

छानबिन न टोली बिहीबार पैदल हिंडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले नेपालतर्फ पनि आएर छानबिन न गर्नुपर्ने माग गरेका थिए ।

यही साउन १५ गते एसएसबीले तुइन चुडाइदिंदा व्यास गाउँपालिका २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । तर, भारतीय पक्षले पनि यो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन न टोली गठन गरेको छ । सो टोली सात दिनपछि घटनास्थल पुगेर तुइन चुडाइएको स्थानको नापजाँच गरेको छ ।

छानबिन न टोलीलाई सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।

IME
khanepani