काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) मुलुककै ठूलो भ्रष्टाचार र अनियमितता गर्ने सरकारी स्वामित्वको अड्डा हुन पुगेको छ ।
कुलमान बन्न केयूकेएलको सिइओ अर्थात कार्यकारी अधिकृत बनेका मिलनकुमार शाक्य यतिखेर केयूकेएलमा घुषमानको नामले परिचित भएका छन । उनले आवा २०७७ र ०७८ सालको शाखाहरुको भुक्तानी नदिएर शाखा प्रमुखहरुलाई हैरानी दिइरहेका छन ।
शाखा प्रमुखहरु रातदिन झरिले भिजेको मुसाको जत्रो मुख लगाएर रातदिन केयूकेएलको मुख्य कार्यालयमा केहिले सिइओको ढोकामा र कहिले बिभागिय प्रमुख ढोका चाहार्दै हैरान भएको गुनासाहरु सर्वत्र सुन्न पाइन्छ ।
यस वर्षमा काठमाडौंमा मेलम्चीको पानी आएको हुँदा नेपाल सरकारबाट मेलम्चीको पानीबाट भएको लिक मर्मतका लागि आएको करिव १३ करोडको भुक्तानीको हिसाव किताव नमिलेका कारण उनीहरुले पाउने रकम रोक्का रहेको हुन सक्ने अनुमान केयूकेएलका तल्लातहका कर्मचारीहरु र कर्मचारी युनियनका नेताहरुको तर्क रहेको छ ।
केहि शाखा प्रमुखहरुले काम नै नगरिकन पनि लिक मर्मत र छोटो पाइप लाइन गरेको बिल बनाएको उजुरी केयूकेएलमा परेका कारण पनि भुक्तानीमा ढिला भएको तर्क कर्मचारी बृत्तमा व्यापक नै रहेको छ ।
सिईओ शाक्यले काम भए नभएको अनुगमन र निरिक्षण गर्न सक्ने प्राबधानहरु हुदाँ हुदै पनि सिइओले त्यसो नगरि मोटो रकम बार्गेनिङ गरेको गुनासाहरु पनि शाखा प्रमुखहरुले गरेका छन ।
महाँकालचौर शाखामा लामो समयदेखि अनियमित काम गर्ने कार्यालय प्रमुख उमेश मरठ्ठा, उनका मरितयार लेखा प्रमुख राजु कोइराला र खरिद प्रमुख नबलसिंह साउदको एक क्षत्र दादागि चलिरहेको छ । यसमा इन्जिनियर हेम बुढाथोकिको समेत सहयोग रहेको छ । यस शाखामा आ.बा.मा २०७७ र ७८ को केयूकेएल, सिआइपि कार्याक्रम र मेलम्चीको लिक मर्मतको काम बाहेक पनि करोडौको काम गरेको तथ्याङ नेपाली जनताले प्राप्त गरेको छ । नगरपालिका र संसद विकास कोषको रकममा समेत काम गरेको महांकाल चौर शाखाले काम नै नगरिकनपनि फर्जी विलमा भुक्तानी दिएको छ । यसै विषयमा यस शाखामा अधिकारप्राप्त निकायबाट गोप्य छानविन भइरहेको बुझिन आएको छ ।
केयूकेएलको यस आर्थिक बर्षको पछिल्लो चौमासिकमा शांसोधन सहित ५ करोड छतिस हजारको काम गरेको देखाइएको छ । यसमा ५० लाख जतिको फर्जी विल बनाएर भुक्तानी लिएको पनि कर्मचारीहरुवीच चर्चा चलेको छ । ग्राहकहरुका हजारौ धाराहरु अबैध वितरण गर्ने कृतिमान कामय गर्न सफल महाकालचौर शाखाका लेखा प्रमुख र खरिद प्रमुख मत्ताहात्ति जस्ता भएका छन । यहाँका इन्जिनियर हेम बुढाथोकिको चकचकि त झन हेर्न लायककै छ ।
प्रतिक्रिया दिनुहोस्