माधवपक्षीय बैठक, ओलीलाई माफी मागेर पार्टी एकतामा आउन अल्टिमेटम दिइने

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा आज ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि केहीबेरलाई स्थगित भएको छ ।

बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।

उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए ।

ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने चौधरीले जानकारी दिए। तलैसम्म पार्टीका समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उनले बताए ।

२२,श्रावण.२०७८,शुक्रबार १४:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्