
काठमाडौं । कोरोनाविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा समयमै लगाउन नपाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेदेखि दोस्रो मात्रा पाउने भएका छन् ।
दोस्रो मात्राको पखाईमा बसेका १३ लाख ३८ हजार नागरिकलाई खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए । भुटानबाट (कोभिड—१९) विरुद्धको तीन लाख मात्रा एस्ट्राजेनेकाको खोप बिहिबार नेपाल आइपुगेको छ ।
सरकारले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई कोभिसिल्डको खोपको दोस्रो मात्रा साउन २५ बाट दिन सुरु गर्ने खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।
जापान सरकारले नेपाललाई उपलब्ध गराउन भनेको १६ लाख मात्रा एस्ट्रजेनेका खोप मध्ये शनिबार र आइतबार गरी दुई खेपमा ८ लाख मात्रा काठमाडौं आइपुग्ने डा. गौतमले बताए । प्रदेश नम्बर १ र २ मा कोभिशिल्ड खोपको दोस्रो मात्राको अभियान केही दिनमै सुरु गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्