काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

आजको आवश्यकता एक क्लव एक सार्वजनिक विद्यालयः लायन केशव पाण्डे

4.86K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाले रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने गरेको छ ।
आज राजधानीको बसन्तपुरमा आयोजित एक रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त कुरा बताएका हुन ।

उनले रक्तदाता र आयोजक संस्थाहरुलाई धन्यवाद दिर्दै पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता रहेको बताएका छन । काठमाडौं महानगरपालिकाले प्रयाः सबै वार्ड कार्यालयको समन्यवमा काठमाडौं बासीहरुका लागि भ्याक्सीन लगाउने काम भइरहेको बताएका छन ।

लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ ए २ का डिष्ट्रिक गर्भनर केशव पाण्डेले विश्वका २ सय भन्दा बढी राष्ट्रमा आफ्ना शाखा भएको लायन्स क्लवले नेपालमा सुगर, बातारवण, बच्चाको क्यान्सर र हन्गररिलिफ लागयत ५ क्षेत्रमा काम गरिरहेको बताएका थिए । एक क्लव एक सार्वजनिक विद्यालयका विद्यार्थीहरुका लागि प्रभावकारी काम गर्ने योजना अगाडि बढी रहेको पाण्डेले बताए ।

३२५ ए २ का पूर्वगर्भनर विजु बज्राचार्यको संयोजनमा आजको रक्तदान तथा प्रेसर र सुगरको निशुल्क जाँच गरिएको थियो ।
आफु कोरोना भाइरसका कारण धेरै हन्डर र दुःख पाएकाले अझ सक्रियतापूर्व रक्तदान कार्यक्रम जुट्न प्रेरित गरेको बज्राचार्यले बताएका थिए ।

उनले रगतको अभावमा कोहि नागरिकले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले राजधानीमा क्रियाशिल अन्तर्राष्ट्रिय लायन्स क्लव ३२५ ए २ डिष्ट्रिक अन्तरगतका करिव २१ भन्दा बढी लायन्स क्लवहरुको सक्रियतामा यो रक्तदान कार्यक्रम गरेको जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा ३२५ ए २ का डिष्ट्रिक भाइस गर्भनर दिनेश श्रेष्ठ, सेकेन्ड भाइस गर्भनर उत्तम झा, सचिव शिबकुमार कटुवाल, एरिया चियर पर्सन भरत प्रसाई, रिजन चियर पर्सन अम्बिका भट्टराई, जोन चियर पर्सन योगेन्द प्रताप शाही लगायत क्लवका पदाधिकारीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । सो अवसरमा स्माइल फर नेपाल युटुव च्यानलको समेत शुभारम्भ गरिएको छ ।

khanepani