प्रवासी नेपालीहरुको संस्था एनआरएनए यूकेमा नयाँ नेतृत्व

लण्डन । एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् । एनआरएनए यूके इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा गाहामगरले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन् । गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरे ।

एनआरएनए यूकेमा दुई पटक उपाध्यक्ष भएका गाहामगर नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी थिए । सन् १९९६ मा ब्रिटिस गोर्खामा प्रवेश गरे लगत्तै उनले सन् १९९७ मा ब्रिटिस सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग लिएका थिए।

यसपटक झन्डै साढे ११ हजार मतदातामाझ बेलायती कम्पनी च्वाइस भोटिङले ‘डिजिटल भोटिङ’ गराएको थियो । शुक्रबार मध्यरात घोषणा गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा शकुन्तला गुरुङ, नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल, स्कटल्यान्डबाट एनसीसी उपाध्यक्षमा मोहन कार्की निर्वाचित भए।

महासचिवमा खुशी लिम्बु, दुई सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा शशांक शर्मा निर्वाचित भए । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बु विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

त्यसैगरी एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भण्डारी अध्यक्ष विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै क्रमश कृष्ण भण्डारी र राम चन्द्र पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।

२३,श्रावण.२०७८,शनिबार १५:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्