काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते

5.1K
shares
khanepani bord

काठमाडौं । टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते भएका छन् । प्रहरीले यस घटनाको अभियोगका ३६ वर्षका एक पुरुषलाई हिरासतमा लिएको छ । यी अभियुक्तले एक महिलालाई खुसी अवस्थामा देखेपछि आफु आक्रोशित भएको र उनीहरुलाई मार्न चाहेको बयान दिएका छन् ।

यस घटनामा एक छात्रा गम्भिर घाइते भएकी छिन् भने तुलनात्मक रुपमा अन्यको अवस्था केही सामान्य छ ।

टोकियोमा यस्ता जघन्य अपराध दुर्लभ मात्र हुने गर्छन् । ओलम्पिक आयोजना भइरहेका कारण पनि अहिले यहाँ सुरक्षा व्यवस्था चुस्त छ । सेईजोगाकुन स्टेशन नजिकै यस्तो दुर्घटना निम्तिएको हो, प्यासेन्टरहरुको चिच्याहट सुनेपछि ड्राइभरले आपतकालिन रुपमा रेल रोकेका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार यसलगत्तै अभियुक्त ट्रयाकमा हामफालेर कुदे । एक प्रत्यक्षदर्शीका अनुसार मानिसहरुले एक्कासि उनलाई लखेटेका थिए । त्यसक्रममा यी मानिसहरु एउटा डिब्बाबाट अर्को डिब्बामा हामफाल्दै कुद्दै थिए ।

ट्रेनका कर्मचारीहरुले त्यसपछि यी अभियुक्तलाई नजिकैको स्टेशनमा भेट्टाए । यता, घटनास्थलमा अभियुक्तको मोबाइल भेटिएको थियो ।

khanepani