गुणस्तरीय उत्पादन मात्रै बिक्री गरेको डीडीसीको दाबी

काठमाडौं । दुग्ध विकास संस्थान -डीडीसी_ले डीडीसी ब्राण्डका सम्पूर्ण दूध तथा दुग्धजन्य पदार्थहरु पूर्णरुपमा स्वच्छ र गुणस्तरीय भएको दाबी गरेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप उत्पादन हुने भन्दै डीडीसीले निर्धक्क भएर उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ ।

सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको समाचार प्रकाशित भएपछि डीडीसीले प्रष्टीकरण दिएको हो ।

साथै डीडीसीले नौनीबाट घ्यू पनि मापदण्डअनुसार नै उत्पादन गरी स्वदेश तथा विदेशका उपभोक्ताको माग अनुसार पूर्ति गरेको दाबी गरेको छ ।

२४,श्रावण.२०७८,आईतवार १०:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्