काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे...

पुरा पढ्नुहाेस्

एमालेको केन्द्रीय कमिटी बैठक आज आइतबारका लागि बोलाइएको एक दिनका लागी पछि सर्‍यो

4.77K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो ।

बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि एघार बजे स्थायी कमिटी बैठक बस्नेछ ।

भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।

IME
khanepani