केयूकेएल किर्तिपुर शाखामा ठेकेदारले रकम भुक्तानी नपाउदाँ केहि ठेकेदारको रुवाबासी, सेटिङका ठेकेदार थापा मलामाल

काठमाडौं । आफु खुशी पाइपलाइन गरेर जथाभावि खर्च गरेका केयूकेएलका मिलनकुमार थापा संकटमा परेका छन ।
केयूकेएल किर्तिपुर शाखाका प्रमुख मिलन थापाले आवा २०७७ र ०७८ को पछिल्ला चौमासिकको रकममा जथाभावि खर्च गरेका कारण ठेकेदारलाई काम गरेको रकम भुक्तानी दिन नसकेर तनावमा परेका हुन ।

किर्तिपुर नगरपालिका र दक्षिणकालि नगरपालिकासँगको मिलेमतोमा जथाभावि पाइप लाइन गरेका थापाले काम गर्ने ठेकेदारको भुक्तानी साउनको अन्तिम हप्तासम्म पनि दिन सकेको छैनन । केयूकेएलका सिइओ मिलनकुमार शाक्यलाई नगरपालिकाका नजप्रतिनिधिहरु मार्फत थर्कनउदै र धम्काउर्दै काम गर्ने मौखिक सहमति लिएका थापाको भुक्तानी केयूकेएल मुख्य कार्यालयमा रोकिएपछि उनि तनावमा परेका हुन । दिनरात ठेकेदारहरुको घेराबन्दीमा परेका थापा छिनछिनमा वर्वराउन समेत थालेका छन ।

उनले त्यो पाइपलाईनको पैसा भुक्तानीको लागि मेलम्चीको लिकमर्मतका लागि आएको करिव १ करोड पैसाबाट ठेकेदारलाई थामथुम बनाउने योजना पनि साउन सकिनै लाग्दासम्म अलमल भएपछि थापा ठेकेदारहरुको घेराबन्दीमा परेका हुन ।
सधै शाखाबाट आज भुक्तानी लिएर आउँछु भन्दै केन्द्रिय कार्यालय आउने र बेलुका रित्तो हात शाखा पर्कने उनको दैनिकि बनेका ठेकेदारहरुको गुनासो रहेको छ ।

लाखौ खर्च गरेर गरेको कामको भुक्तानी अधिल्लो बर्षको समेत नपाएका केहि सोझा ठेकेदारहरु उनको दैनिक ढाट र छलको व्यवहारले आजित भएका छन ।
केन्द्रिय कार्यालयबाट भुक्तानी भएको रकम थापाले सेटिङमा काम गर्ने ठेकेदारहरुलाई दिएका कारण पनि यो समस्या आएको केन्द्रिय कार्यालय स्रोतले बताएको छ ।

उनकोे किर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालि कार्यक्षेत्र भएको यस शाखाबाट एउटै कामको तेहोरो भुक्तानी समेत दिएका छन । कुनै ठेकेदारको भने एउटा विल पनि भुक्तानी गरेका छैनन । कुनै कुनै सेटिङका ठेकेदारहरुलाई नगरपालिका, सिआइपि र केयूकेएलले काम गरेको देखाएर समेत भुक्तानी भएको त्यहाँका भुक्तभोगीहरुको भनाइरहेको छ । यस विषयमा केयूकेएल र भ्याली वोर्ड र अख्तियारले समेत छानविन गरि टेक्नीकल अडिट गर्नु पर्ने आवाज केयूकेएलमा उठ्ने गरेको छ ।

आफु खुसी मोटो रकम लिएर खानेपानीका धारा समेत वितरण गरेको आरोप खेपी सकेका थापाले आफै प्रमुख भएको यो शाखामा झन उथुम नै मच्चाएर पैसा असुली गरेको कर्मचारीहरु वीच चर्चा चल्ने गरको छ ।
सुन्दरीजल जाने तयारीमा रहेका थापा आफु विरामि भएको भन्दै डाक्टरको नक्कली कागजपत्र देखाउदै आफ्नो सरुवा रोकेका थापाको सक्कली नियत खुल्दै गएको छ ।

२४,श्रावण.२०७८,आईतवार १०:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्