काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

5.34K
shares
khanepani bord

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् ।

मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।

केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो । तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् ।

IME
khanepani