दाङको तुलसीपुरमा आज दिउँसो खोलाले बगाउँदा आमाछोराको मृत्यु

दाङ । दाङको तुलसीपुरमा आज दिउँसो खोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ ।

स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ वर्षीय रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर लगेको थियो ।

उनीहरुको शव बगाएको स्थान देखि २ किलो मिटर तल भेटिएको दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए

२५,श्रावण.२०७८,सोमबार २१:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्