५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

गोरखा । ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय लेखनाथ खनाल रहेको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो बालिकाको घरमा कोही नभएको मौका छोपेर मादक पदार्थ सेवन गरी बालिकालाई जबरजस्ती करणी गरेको खानलमाथि आरोप छ ।

‘आफूमाथि करणी भएको बालिकाले आमालाई सुनाइन्,’ डिएसपी प्रकाश दाहालले भने, ‘त्यसपछि आमाले जाहेरी दिनुभयो, सोही आधारमा खनाललाई पक्राउ गरेका हौं ।’

खनालबिरुद्ध सोमबार जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

२५,श्रावण.२०७८,सोमबार २१:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्