भन्सार छलेर ल्याउँदै गरेको १५ क्वीन्टल चिनीसहित जीप र चालकलाई कञ्चनपुरबाट नियन्त्रणमा

धनगढी । भन्सार छलेर ल्याउँदै गरेको १५ क्वीन्टल चिनीसहित प्रहरीले जीप र चालकलाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित कृष्णपुर नगरपालिका–५ गुलरियामा पश्चिमतर्फ आउँदै गरेको से १ च २२०० नम्बरको जीप १५ क्वीन्टल अवैध चिनी बोकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले एक लाख २० हजार रुपैयाँ बराबरको चिनी र जीपसहित चालकलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।

चिनीसहित जीप चालकलाई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

२५,श्रावण.२०७८,सोमबार २२:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्