
काठमाडौं । दक्षिण एसियाली मुलुकहरुसँग कनेक्टिभिटी बढाउने उद्देश्यले चीनले ल्हासामा रहेको गोगंगर विमानस्थलमा अहिलेसम्मकै सबैभन्दा ठूलो टर्मिनल शनिबारबाट संचालनमा ल्याएको छ ।
सो एयरपोर्टमा निर्माण गरिएको टर्मिनल-३ लाई तिब्बतकै सबैभन्दा ठूलो टर्मिनलको रुपमा लिइएको छ । चीनको सरकार संचारमाध्यम ग्लोवल टाइम्सका अनुसार तिब्बत र दक्षिण एसियाली मुुलुकहरुको बीचमा कनेक्टिभिटी स्थापनाको लागि सो टर्मिनलले महत्वपूर्ण भूमिका खेल्ने छ ।
यात्रु र कार्गाेको दुवै वृद्धि गर्न यसले भूमिका खेल्ने र दक्षिण एसियाकै हब हुने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
नयाँ टर्मिनलसँगै विमानस्थल ९० लाख र ८० हजार मेटि्रक टन कार्गाे व्यवस्थापन गर्न सक्षम हुनेछ । सो विमानस्थलको निर्माण कार्य तीन वर्ष अगाडि भएको थियो ।
पछिल्लो पटक दक्षिण एसियाली मुलुकहरुसँग सहकार्य गर्ने उद्देेश्यका साथ चीनले तिव्बतमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण गर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्