कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक पुगे अस्पताल

काठमाडौं । पार्टी नेता कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । सोमबार साँझ उनी प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेको अस्पताले स्रोतले जनाएको छ ।

माओवादी नेता केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव गंगा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग कुरा गरेका थिए । माओवादी युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि गतसाता अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको छातिमा समेत सामान्य समस्या देखिएको छ । अवस्था सामान्य छ । केसीमा कोभिडको लक्षण समेत देखिएको सोमबार नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आइसकेको छैन ।

२६,श्रावण.२०७८,मंगलवार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्