सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै बुधबार बिहान ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।

नम्बर मेटिसकेका ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ ।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टरका चालक र ट्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

२७,श्रावण.२०७८,बुधबार १४:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्