निद्रामा समेत शाखाबाट उठेको पैसा गनेर र्बबराउने सिइओ, नाकै मुनिको ढल्न लागेको पर्खाल उठाउने गरेनन हिम्मत

काठमाडौ । भ्रष्ट्राचार र अनियमित काममा मात्र रमाउने केयूकेएलका कार्यकारी प्रमुख मिलनकुमार शाक्य नाकै मुनीको समस्यालाई देखे पनि नदेखे जस्तो गरिरहेका छन् । केयूकेएलको मुख्य कार्यालयको गेटको पर्खाल कुनै पनि बेला भत्केर ठुलै धन र जनको क्षेती नहोला भन्न सकिने अवस्था छैन ।

करिव ७५ मिटर जति लामो सुन्धारा त्रिपुरेश्वर सडक खण्डमा केयूकेएलको मुख्य गेट वाट खानेपानी संस्थानसंग जोडिएको पर्खाल पुरै सडक तीर ढल्केको छ । यसलाई पुरै पर्खाल भत्काएर नयाँ बनाउनु पर्ने अवस्था छ । यहि पर्खाल छेउबाट दैनिक लाखौ सवारी साधन र हजारौ सडक यात्री हिडिरहेका हुन्छन् । तर यो आफनै कार्यालयको मर्मत तथा पुनः निर्माण गर्न समेत केयूकेएलका सिइओ मिलन कुमार शाक्यलाई फूर्सद छैन ।

यहि पर्खालको विषयमा महानगरपालिकाले समेत पत्रचार गरेको जानकारी प्राप्त भएको छ । यो पर्खाल निर्माण गर्न काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डले सिइओलाई पटक पटक लागत स्टीमेट रकम माग गर्न अनुरोध गर्दासमेत केयूकेएल कानममा रुवाँ कोचेर बस्नुको अर्थ के होला रु कर्मचारहिरुबीच व्यापक चर्चा चल्ने गरेको छ ।

यो पर्खाल भत्केर धन जनको क्षत्रि भएमा केयूकेएलका सिइओले क्षेतीपूर्ति दिने सक्ला ? प्रश्न यतिखेर जटिल भएको छ । व्यवस्थापनको मात्र हैन केयूकेएल संचालन समित समेत बेखवर र चीर निद्रामै छ ।

२७,श्रावण.२०७८,बुधबार १७:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्