काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

कांग्रेस संस्थापन पक्षका जिल्ला सभापतिको बैठक ललितपुरमा जारी

4.37K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह इतर जिल्ला सभापतिहरुको भेला सकिएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरु छलफलमा जुटेका छन् । महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागी भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएको भन्दै त्यसलाई चिर्न आफूहरु छलफलमा जुटेको बताए ।

‘सभापति भेलाका नाममा जुन खालका वेथिति भए, हामी त्यसमा सहभागी छैनौं । विधानको व्यवस्थाविपरीत पटकपटक सभापति भेला भन्ने र नेतृत्वको विरुद्धमा भ्रम फैलाउने काम भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘जिल्लामा बसेर अधिवेशनको वातावरण बनाउनुपर्नेमा काठमाडौं आएर अधिवेशन हुन नदिने माहोल सिर्जना गर्ने काम भएको छ, त्यसको विरुद्धमा हामी साथीहरु बसेका हौं ।’

उनले अधिवेशनलाई कसरी व्यवस्थित र सफल बनाउन सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए । ‘जिल्ला–जिल्लामा अधिवेशनको माहोल कसरी बनाउन सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो यो छलफल कुनै नेताका विरुद्ध होइन, अधिवेशन कसरी सफल बनाउन सकिन्छ भनेर हो ।’

संस्थापन समूह निकट जिल्ला सभापतिहरुले आजै पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत केन्द्रीय सदस्यहरुलाई भेटेर महाधिवेशन हुन नदिने खालका र विधानविपरीतका भेला गर्ने काम रोक्न अनुरोध गर्ने तयारी गरेका छन् ।

वरिष्ठ नेता पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले महाधिवेशन गर्न नेतृत्वले नचाहेको र पार्टी वैधानिकता संकटमा पारेको आरोप लगाएको थियो ।

khanepani