पोखरामा जुवा खेलिरहेको अवस्थमा १३ जना पक्राउ

कास्की । पोखरामा जुवा खेलिरहेको अवस्थमा १३ जना पक्राउ परेका छन् । पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका १० उत्तम चोकमा भाडामा बस्दै आएकी सरु गुरुङले घर भाडामा लिएर तास खेलाइरहेको अवस्थामा १३ जनालाई साढे ३ लाख रुपैया नगदसहित वडा प्रहरी कार्यालय राम बजारको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्ये ७ जना महिला रहेका छन् भने, ६ जना पुरुष रहेका छन् । उनीहरुका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय राम बजारले जनाएको छ । बुधबार पनि प्रहरीले पोखराको फूलबारीबाट ६ जुवाडेलाई पक्राउ गरेको थियो । तीन साताअघि कास्कीमा नयाँ प्रहरी प्रमुख आएसँगै जुवातास र लागूऔषध दुर्व्यवसनी विरुद्ध निगरानी बढाएको छ ।

२८,श्रावण.२०७८,बिहीबार १६:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्