केयूकेएल महाँकाल चौर शाखामा व्यापक भ्रष्टाचार, टेक्नीकल अडिटको माग गर्दै पर्न थाले उजुरी

काठमाडौं । अस्पताल, स्कुल, कलेज र होटल जस्ता व्यवसायमा करोडौ लगानी भएका उमेश मरठ्ठा केयूकेएलको महाँकाल चौर शाखामा लेखा अधिकृत र इन्जिनियरसँग मिलेर सिधै ठेकेदारसँग अपवित्र गठबन्धन गरेर अकुत सम्पति जोडेको आरोप लागेको छ ।

कार्यक्षमता अब्बल भएका मरठ्ठाको अर्थ आर्जन गर्ने अनौठो कला देखेर केयूकेएलका अन्य प्राबिधिकहरु समेत छक्क परेका छन । कुनै समय केयूकेएलका युनियनका नेताहरुसँग सम्बन्ध चिसिएका महाँकाल चौरका भ्रष्टहरुको यतिखेर नङ र मासुको सम्बन्ध भएको देख्नेहरु पनि आश्चार्य चकित भएका छन ।

कार्यालयका आफ्ना विरोधीहरुलाई धाक, धम्की र प्रलोभनमा पारेर आफ्नो पक्षमा पार्न सफल मरठ्ठा समुहका लेखा प्रमुख राजु कोइराला, प्रशासन तथा खरिद प्रमुख लबलसिंह साउद, स्टोर प्रमुख र प्राविधिक हेम बुढाथोकि मुख्य सहयोगि रहेका छन ।
सरकारी सवारी साधन दुर्घटना भएपछि सो गाडि मर्मत पनि केयूकेएलको रकमबाट गराउने मरठ्ठाले केयूकेएल महाँकालचौर शाखा अन्तरगत हजारौ खानेपानीका धारा अबैध जडान गरेको समस्या जस्ताको तस्तै रहेका छन ।

केयुकेएल यस शाखामा कुनै कुनै कर्मचारीहरुले उनीहरुका अबैध कामको प्रमाण बोकेर विभिन्न शक्तिकेन्द्रमा धाउन थालेको प्रमाण नेपाली जनताले पनि फेला पारेको छ । यी प्रमाण नस्ट गर्न उनका सहयोगिहरु लागि परेको समेत बुझीन आएको छ ।

महाँकाल चौर लगाएतका केयूकेएलको काँडो भएको नेपाली जनता अनलाइन पत्रिकाका मुख्य टिमलाई टिपरले किचेर मार्ने योजना बनाउँदै हिड्ने गरेको थाहा भएको छ । यसरी भट्टीमा बसेर योजना बनाउनेहरुको अडियो र भिडियो नेपाली जनताले फेला पारेको छ ।
महाँकाल चौर शाखाले नयाँ धारा जडान गर्दा प्रति ग्राहक कम्तीमा २० हजारका दरले उठाउने गरेका छन भने पाइपलाइनको काम र लिक मर्मतमा समेत अस्वभाविक ढंगले विल बनाउने गरेका छन ।

यस शाखामा ठेकेदारले काम सकेपछि ठेकेदार, प्राविधिक र लेखा प्रमुख बसेर वील बनाउने गरेको तथ्य पनि खुलेको छ । यसरी सेटिङमा विल बनाउदा काम नभएको आइटम थाप गर्ने, गरेको आइटममा बढी काम गरेको देखाउने जस्ता अपराध समेत गर्ने गरेको एक ठेकेदारले नाम नखुलाउने सर्तमा बताएका छन । केयूकेएल महाँकाल चौर शाखाको कामको बिषयलाई लिएर टेक्नीकल अडिट गरि पाउन केहि उपभोक्ताहरुले प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रमा उजुरी समेत हालेका छन ।

केयूकेएल महाकालचौर शाखामा करोडौको भ्रष्टाचार, मिलन शाक्य कुलमान हैन भए घुषमान

२९,श्रावण.२०७८,शुक्रबार ०८:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्