अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबान

कैलाली । अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी पसेको जानकारी दिए ।

यस्तै सडक पूर्णरुपमा पानीले भरिएको पनि प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेको बताउँदै उनले क्षतिका विवरण संकलन भइरहेको बताए ।

२९,श्रावण.२०७८,शुक्रबार १३:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्