काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता मिति र स्थान तोक्न कांग्रेस सांसद पन्तको आग्रह

4.39K
shares
khanepani bord

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद डिला संगौला पन्तले बेलायतको लण्डनमा आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता समिति गठनको पहल गर्न सरकारलाई आग्रह गरेकी छन् ।

शुक्रबार संसदमा शून्य समयमा बोल्दै उनले कूटनीतिक माध्यमबाट सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्ने पहल गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

‘म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु’ पन्तले भनेकी छन् ।

नेपाल तथा ब्रिटेनबीच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ रहेको र त्यो सम्बन्धको जग भनेको गोरखा सैनिकहरु भएको उल्लेख गर्दै उनले भनिन्, ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन् । उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो ।’

यस्तै, सांसद नारायण प्रसाद मरासिनीले पनि गोरखा सैनिकको समस्या समाधानबारे वेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरे ।

khanepani