साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।

२९,श्रावण.२०७८,शुक्रबार १४:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्