केन्द्रीय समिति बैठकमा कोइरालाको असन्तुष्टि : देउवाले सरकार सञ्चालनमा ध्यान नदिएको आरोप

काठमाडौं । २ महिनादेखि १५ मन्त्रालय नेतृत्वविहिन रहेको बताउँदै उनले यसरी सरकारले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिनसक्छ भन्दै प्रश्न गरेका छन् । कोइरालाले भनेका छन् : ‘संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ ।

गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनाैती छ ।’

यसबेला अन्तर्राष्ट्रिय परिस्थिति समेत काँग्रेस पार्टीको प्रतिकुल रहेको दाबी गर्दै कोइरालाले छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिए । कोइरालाले क्रियाशील सदस्यताका विषयमा अल्झिन आवश्यक नरहेको समेत बताए । नेतृत्व र क्रियासिल छानबिन समितीले क्रियाशीलमा धेरै समस्या छैन भनेर भनिसकेकाले यसमा अल्झिन नहुनेमा जोड दिए ।

बैठकमा कोइरालाले सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीको बैठक नराखेर बुढानिलकण्ठमा बैठक राखिएको प्रति असन्तुष्टी समेत जनाए । उनले भने–‘आज दुःख लागेको छ। सानेपाको कार्यलय छाडेर केन्द्रिय समिति बैठक यहाँ गर्दैछौं ।

पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन्। उनीहरुको माग हामीले सुन्नुैपर्छ । १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो। मेरो बिनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं ।’ बिहीबारदेखि देउवा निवास बुढानिलकण्ठमा काँग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ ।

२९,श्रावण.२०७८,शुक्रबार १५:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्