पोखरास्थित रहेको औधोगिक क्षेत्रका उद्यमी व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड–१९ विरुद्धको खोप

कास्की । पोखरास्थित रहेको औधोगिक क्षेत्रका उद्यमी व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । उद्योगी र मजदुरहरुलाई औधोगिक क्षेत्रभित्र खोप केन्द्रको स्थापना गरी खोप लगाउने अभियान सुरु गरिएको हो ।

शुक्रबार औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले वस्तुस्थितिको बारेमा समेत जानकारी लिएका थिए ।

सो अवसरमा पर्यटनमन्त्री शर्माले औद्योगिक क्षेत्रमा रहेका सवै व्यवसायी र मजदूरलाई क्रमशः खोप लगाउने बताउँदै व्यवसायको जीवन रक्षा गर्ने दायित्व सरकारको भएकाले प्राथमिकतामा राखेर अभियान चलाएको बताए । कानुन मन्त्री विन्दुकुमार थापाले विपत्तिको समयमा उद्योगीहरुले अति आवश्यक खाद्य र अक्सिजन लगायतका सामाग्री उत्पादन गरेर सहयोग गरेको बताए । उनले संकटका सारथी बन्ने उद्योगी तथा व्यवसायीको पीरमर्का राज्यले बुझ्नुपर्ने बताए ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियानको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा प्रदेश सरकारले थप ध्यान दिनुपर्ने बताए । त्यसैगरी पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले वर्तमान सरकारले विषयगत रुपमा खोपको व्यवस्थापन गरी उद्योगी व्यवसायी र मजदुरहरुको हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे ।

प्रदेश सरकारको सहयोगमा औद्योगिक क्षत्रका एक हजार उद्योगी तथा मजदुरहरुलाई शुक्रबार खोप लगाइएको छ । पोखरा औद्योगिक क्षेत्रमा करिव तीन हजारको संख्यामा उद्यमी र मजदुरहरु रहेका छन् ।

यो पनि पढ्नुहोस  बुवाआमाले गाली गरेको भन्दै वीरगञ्जमा किशोरद्वारा झुण्डिएर आत्महत्या
२९,श्रावण.२०७८,शुक्रबार १८:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: