गुल्मीमा बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

गुल्मी । गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय निकृष्टराम परियार लाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

भतिजी नाता पर्ने ४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

यो घटनाले नयाँ पुस्ता सामाजिक मूल्य मान्यताभन्दा बाहिर जान लागेको पुष्टि गरेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए ।

यो पनि पढ्नुहोस  कर्मचारी प्रशासन तथा मानव श्रोत बिकाश महाशाखा प्रमुखमा राई र प्राविधिकमा ढकाल
३०,श्रावण.२०७८,शनिबार १६:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: