प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ ’

क्रिकेटर पारस खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकामा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् । गत वर्ष नेपाली टिमको कप्तानबाट राजीनामा दिएका पारसले अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस  राष्ट्रिय महिला फुटबल टोली बन्द, प्रशिक्षणमा ४५ खेलाडी बोलाइयो
३०,श्रावण.२०७८,शनिबार १५:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: