काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बस हमलामा संलग्नहरु पत्ता लगाउनु चीनको माग

4.76K
shares
khanepani bord

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बस हमलामा संलग्नहरु पत्ता लगाउनुपर्ने माग चीनले गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले यस्तो जनाएको हो । रिपोर्टअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस घटनाको सत्यतथ्य र दोषी पत्ता लगाउनुपर्ने माग पाकिस्तानी अधिकारीसँग गरेका छन् ।

गत जुलाईमा भएको बस हमलामा नौ चिनियाँ नागरिकसहित कम्तिमा १३ जना मारिएका थिए । यी मानिसहरु डासू बाँध परियोजनामा काम गरिरहेका थिए । सुरुमा, पाकिस्तानले ग्यास लिक हुँदा यस्तो बिस्फोट भएको जनाएको थियो ।

तर, चीनले बसमाथि हमला भएको दाबी गरेको थियो । त्यसयता, चीनकै सहयोगमा छानविन गरिएको थियो । त्यसपछि, पाकिस्तानका विदेश मन्त्री शाह महसुद कुरैशीले यस हमला अफगानिस्तानको जमिनबाट भएको प्रतिक्रिया दिएका थिए ।

यसका लागि प्रयोग गरिएको सवारी पनि अफगानिस्तानकै बाटो हुँदै ल्याइएको उनको दाबी थियो ।

khanepani