काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल

4.63K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा आज छलफल हुँदैछ ।

समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा अध्यक्षको प्रतिवेदन पास गर्ने माओवादी तयारी छ । एमाले माओवादी मिलेर बनेको नेकपा पूर्ववत् अवस्थामा फर्केसँगै नेकपा माओवादीका विभिन्न जिल्लामा नेताहरुको कार्यविभाजन हुन बाँकी छ ।

माओवादीले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आगामी निर्वाचनसम्म नै वर्तमान ५ दलीय गठबन्धन कायम राख्नुपर्ने आवश्यक्ता पनि प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।

khanepani