काठमाडौं । इङ्ग्ल्याण्डका कप्तान जो रुटले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा १ सय ८० रन बनाए । उनको शतकीय पारीको मद्दतले भारतले बनाएको ३६४ रनको जवाफमा इङ्ग्ल्याण्डले ३९१ रनको स्कोर खडा गर्न सफल भएको छ । रुटले १ सय ८० रन बनाउँदा थुप्रै कोशेढुंगाहरु पार गर्न सफल भएका छन् । यहाँ त्यसैको चर्चा गरिएको छ ।
९००० – जो रुट टेस्ट क्रिकेटमा इङ्ल्याण्डका लागि ९ हजार रन पुरा गर्ने मात्र दोस्रो खेलाडी बनेका छन् । यसअघि, सन् २०१५ मा एलिस्टर कुकले यो उपलब्धि हासिल गरेका थिए । शुक्रबार टेस्ट क्रिकेटमा टोलीका लागि सर्वाधिक रन बनाउने सूचीमा रुट दोस्रो स्थानमा उक्लिएका थिए ।
१ –दिनको हिसाबले रुटले सबैभन्दा चाँडो ९ हजार पुरा गरेका हुन् । उनले डेब्यु गरेको ८ वर्ष २४४ दिनमा यो कोशेढुंगा पार गरेका हुन् । यसअघि कुकले ९ वर्ष ९३ दिनमा यो उपलब्धि हासिल गर्न सफल भएका थिए । ३० वर्ष २२७ दिन उमेरमा कुक ९ हजार टेस्ट रन पुरा गर्ने दोस्रो युवा खेलाडी हुन् । कुकले ३० वर्ष १५९ दिनमा यो कोशेढुंगा पार गरेका थिए ।
२२ – टेस्ट क्रिकेटमा रुटले बनाएको शतकको सङ्ख्या । इङ्ग्ल्याण्डका लागि सर्वाधिक शतक बनाउने सूचीमा उनी तेस्रो स्थानमा छन् । उनीसँगै जेफरी ब्वाइकट, इयान बेल, कोलिन काउड्रे र वाली ह्यामन्ड संयुक्तरुपमा तेस्रो सूचीमा छन् । रुटअघि २३ शतकसहित केभिन पिटरसन र ३३ शतकसहित कुक अघि रहेका छन् । कप्तानका रूपमा रुटको यो ११ औँ शतक हो । उनीअघि १२ शतकसहित कुक रहेका छन् ।
११ –रुटले टेस्टमा १५० रन वा सोभन्दा बढी बनाएको स्कोर । इङ्ग्ल्याण्डका लागि कुकसँगै उनी यो सूचीको शीर्ष स्थानमा छन् । ती ११ मध्ये उनले चार वटा लर्डस मैदानमा बनाएका हुन् । यो मैदानमा कुनै पनि खेलाडीले बनाएको सबैभन्दा धेरै शतक हो ।
७ – भारतविरुद्ध रुटले बनाएको शतकको सङ्ख्या । इङ्ग्ल्याण्ड र भारतबीचको टेस्टमा कुनै पनि खेलाडीले बनाएको यो शतकको सङ्ख्या सबैभन्दा धेरै हो । उनीसँग शीर्ष स्थानमा संयुक्तरुपमा सचिन तेन्दुलकर, राहुल द्रविड र कुक रहेका छन् । उनीहरुले पनि सात–सात वटै शतक बनाएका छन् ।
५ – सन् २०२१ मा रुटले बनाएको शतकको सङ्ख्या । एक क्यालेन्डर वर्षमा कुनै पनि इङ्ग्ल्याण्डका कप्तानले बनाएको यो सङ्ख्या सबैभन्दा धेरै हो । यसअघि सन् २०११ मा बेलले पनि ५ शतक बनाएका थिए ।
७ – भारतविरुद्ध टेस्टमा २ हजारभन्दा बढी रन बनाउने खेलाडीको सङ्ख्या । यो सूचीमा इङ्ग्ल्याण्डबाट कुकसहित रुट समावेश भएका छन् ।
प्रतिक्रिया दिनुहोस्