अमेरिकी विदेशमन्त्रीले भने- अफगानिस्तान मिसन सफल

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले अफगानिस्तान मिसन ‘सफल’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सिफ्ट गरिएको बताएका छन् । उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गरिएकोमा पनि आपत्ति प्रकट गरे ।

४६ वर्षअघि भियतनाम युद्धका दौरान साइनबाट हार खाएर अमेरिका बाहिरिएको थियो । राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई साइगन युद्धसँग तुलना गरिरहेका छन् ।

अमेरिकी सैनिकको बर्हिगमन सुरु भएको छोटो समयमै तालिवानी विद्रोहीहरुले काबुल कब्जा गरेका छन् । आइतबार विद्रोहीहरुले काबुललाई घेरा हालेपछि राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ लागेका छन् । त्यसपछि विद्रोहीहरु बिस्तारै काबुल छिर्न थालेका छन् ।

अमेरिकाका वरिष्ठ कुटनीतिज्ञ रोस विल्सनले अफगानिस्तानस्थित दूतावास छाडिसकेका छन् । एक अमेरिकी अधिकारीका अनुसार विल्सनलाई काबुल विमानस्थल पुर्याइएको छ । दूतावासको भवनमा राखिएको झन्डा पनि उठाएर विमानस्थल लगिएको छ ।

३१,श्रावण.२०७८,आईतवार २२:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्