साउनको अन्तिम सोमबार पशुपति परिसरमा भक्तजनको भीड

काठमाडौं । कोरोना महामारीका कारण देशको प्रमुख धार्मिकस्थल पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द छ । मुख्य मन्दिर दर्शन गर्न नपाए पनि पशुपतिनाथको प्रवेशद्वारमा आज साउनको अन्तिम सोमबार थामिनसक्नुको भीड भएको छ ।

आज साउन महिनाको अन्तिम सोमबार । यसपल्ट साउनमा पाँच सोमबार परेकाले विशेष रुपमा मनाइँदै थियो । त्यसबाहेक अन्तिम सोमबार विशेष पूजा गरी साउनको व्रत सम्पन्न गनुपर्ने भएकाले पनि मन्दिरपरिषरमा व्रतालुहरुको भीड लागेको हो ।

कोरोना संक्रमणको दर बढिरहेको स्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्नुपर्नेमा आनवश्यक भीडले संक्रमणको जोखिम बढाएको छ । भीडमा कतिपयले मास्कसमेत लगाएका थिएनन् ।

३२,श्रावण.२०७८,सोमबार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्