अफगान विशेष दलद्वारा तालिबानसमक्ष आत्मसमर्पण, तीन दिनदेखि घेरेका थिए

काठमाडौं । अफगानिस्तानको कंधार विमानस्थलमा डेरा जमाएर बसेका अफगान सेनाको एक विशेष दलका हज्जारौं सैनिकले तालिबान समक्ष आत्मसमर्पण गरेको छ ।

तालिबानले सोमबार एक बयान जारी गरेर यसबारे जानकारी दिएको हो । तालिबानी लडाकूले पछिल्लो तीन दिनदेखि यो दललाई घेरेका थिए ।

काबुलको दक्षिणस्थित कंधार शहरमा बगराम एयरबेस पनि छ जुन अमेरिकी नेतृत्व भएको गठबन्धन दलको अभियान केन्द्र रहँदै आएको छ ।

३२,श्रावण.२०७८,सोमबार १६:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्