जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका १७ गोबिन्दपुर बस्ने ४० बर्षीय बागेश्वर चौधरी छन् ।
चौधरीको घरमा सोमबार दिउँसो खानतलासी गर्दा १० किलो गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
गाँजासहित चौधरीलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्