काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

5.08K
shares
khanepani bord

काठमाडौं । निर्वाचन आयोग विरुद्ध समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समितिका प्रथम अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश दीपक कुमार कार्की र डा.आनन्दमोहन भट्टराईले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हु्न् ।

जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरुपण गर्ने प्रयोजनको लागी निर्वाचन आयोगले ‘केन्द्रिय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको’ भन्दै एकीकरण हुँदा बखत सनाखत गरेका सदस्यहरुलाई साउन ११ मा बोलाएको थियो ।

कार्यकारिणी समितिका सदस्यहरु नागरिकतासहित उपस्थित हुनुपर्ने आयोगको निर्णयपछि आफुलाई ‘अन्याय भएको’ भन्दै महन्थ ठाकुरले आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर साउन ८ मा रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो ।

आयोगको सो निर्णयविरुद्ध ठाकुरले साउन १५ पुनः सर्वोच्चमा रिट दायर गरेका थिए । जनता समाजवादी पार्टी २०७७ असार २४ मा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

IME
khanepani