केयूकेएल महाँकाल चौरका मरठ्ठा समुह विरुद्ध अख्तियारमा मुद्धा दर्ता, के अख्तियारले गर्ला त छानविन र कारवाहि ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकाल चौर शाखाको अनियमितता र भ्रष्टाचारको विषयमा केयूकेएलका कर्मचारीहरुको एक समुहले आज अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको समाचार प्राप्त भएको छ ।

अख्तियारमा सि–००४४८२ नंबरमा महाँकाल चौरका प्रमुख उमेश मरठ्ठा र उनका मतियार विरुद्ध उजुरी दर्ता भएको हो ।
अख्तियारमा दर्ता भएको उजूरीमा उमेश मरठ्ठा, लेखा प्रमुख राजु कोइराला, प्रशासन र खरिद प्रमुख नवलसिंह साउद र इन्जिनियर हेम बुढाथोकि विरुद्ध उजुरी दर्ता भएको अख्तियार स्रोतले दावी गरेको छ । त्यसको अलाबा केयूकेएलका सिइओ मिलनकुमार शाक्यको नाम पनि सो उजुरीमा उल्लेख भएको समाचार स्रोतले बताएको छ ।

उक्त उजुरी करिव १० पेज लामो र ६० पेज भन्दा बढी पत्रिकाका समाचारका क्लीप र २० पेज भन्दा बढी अन्य प्रमाण र फोटाहरु समाबेस गरिएको पनि उजुरी कर्ताहरुले बताएका छन । उजुरी कर्ता केयूकेएलकै कर्मचारीहरु भएको पनि समाचार स्रोतले दावी गरेको छ ।
करिव एक वर्षसम्म नेपाली जनता अनलाइन पत्रिका र बाग्मती भ्वाइस अनलाइन पत्रिकाले महाँकाल चौर शाखाको अनियमितता र भ्रष्टाचारको विषयमा निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।

नेपाली जनता र बाग्मती भ्वाइसले निरन्तर समाचार लेखेपछि महाँकाल चौर शाखाका प्रशासन र खरिद प्रमुख समेत रहेका अहिले आएर भाले पोथी नछुट्टीयका यूनियनका अध्यक्ष नवलसिंह साउदले छोराका लागि लगेको मोटरसाइकल फिर्ता गरेका थिए । सो मोटरसाइकल अहिले सोहि शाखाका भोला थापाले प्रयोग गर्दै आएका छन । साउदले भने सवारी साधनका रुपमा गाडि प्रयोग गर्दै आएका छन ।
महाँकाल चौर शाखाले वितरण गरेका धाराहरु अहिलेसम्म पनि अबैध रहेका छन । उनीहरुले अबैध रुपमा धारा जडान गरेर उपभोक्ताहरुलाई समेत हैरानी दिएको उपभोक्ताहरुको दावी रहेको छ ।

महाँकाल चौर शाखाले अबैध रुपमा जग्गा व्यपारीहरुलाई फाइदा हुने गरि पाइपलाइन समेत सारेर लाखौ रुपयाँ पैसा खाएको चर्चा मन्त्रालयसम्म पुगेको थियो ।
महाँकाल चौर शाखामा पाइपलाइन र मेलम्चीको लिक मर्मतमा समेत करोडौ अनियमितता र भ्रष्टाचार भएका छन । यहाँको आम्दानीले उमेश मरठ्ठाले स्कुल र अस्पतालमा समेत लगानी गरेको समाचार स्रोतले दावी गरेको छ ।

केयूकेएलमा जागिर खाएदेखि जाउलाखेल, महाँकालचौर र महाराजगञ्ज शाखाको लेखा प्रमुख भएर करोडौ कमाएका राजु कोइराला काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयमा(पिआईडी)सरुवा भएर जाने तयारीमा लागेको बुझिन आएको छ ।

यी समाचार पनि पढ्नु होला ?
केयूकेएल महाँकाल चौर शाखामा व्यापक भ्रष्टाचार, टेक्नीकल अडिटको माग गर्दै पर्न थाले उजुरी
केयूकेएल महाकालचौर शाखामा करोडौको भ्रष्टाचार, मिलन शाक्य कुलमान हैन भए घुषमान

३२,श्रावण.२०७८,सोमबार २१:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्