
काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन्।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयबाट आज राति १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुनेबारे प्राप्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले बैठकमै पढेर सुनाएका थिए।
‘चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी स्वत: अन्त्य हुने गरी स्थगित हुन्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्