काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

स्तब्ध अनुहार, ज्यान बच्ने आशा… पीडा बयान गर्ने अफगानिस्तानबाट बाहिरिने विमान भित्रको तस्बिर

5.23K
shares
khanepani bord

काठमाडौं । अफगानिस्तानको स्थिति हरेक परिवर्तित मिनेटसँगै खस्कँदो अवस्थामा छ । पूरा देशमा अब तालिबानको राज छ र अमेरिकाले आफ्नो सेनालाई फिर्ता बोलाउने निर्णयलाई सही बताइरहेको छ । अफगानिस्तानका सर्वसाधारण आफ्नो ज्यान बचाउनका लागि विकल्प खोजिरहेका छन् ।

यसैबीच एक तस्बिर सार्वजनिक भएको छ जसमा अफगानिस्तानमा बस्ने मानिसहरुले आफ्नो ज्यान कसरी बचाएर त्यहाँबाट बाहिर निस्किरहेका छन् ।

पत्रकार इयान ब्रीमरले आफ्नो ट्वीटर अकाउन्टमा अमेरिकी विमानभित्रको तस्बिर साझा गरेका छन् । यो विमानभित्र सयौं मानिसहरु बसिरहेका छन् जो अफगानिस्तानबाट निस्किएर कुनै सुरक्षित स्थानमा लगिँदैछन् ।

तर काबुलमा जस्तो स्थिति छ, त्यो हिसाबले मानिसहरु जतिसुकै दुःख कष्ट सहेर पनि देश छोड्न चाहन्छन् । सयौं मानिसहरुको अनुहारमा पीडा र त्रास देखिएको छ ।

अघिल्लो दिन पनि अफगानिस्तानबाट यस्ता थुप्रै तस्बिर, भिडियो सार्वजनिक भएका थिए जुन हैरान बनाइदिने खालका थिए । काबुल विमानस्थलमा हज्जारौंको भीड जुटेको थियो र मानिसहरु कुनै पनि हालतमा त्यहाँबाट बाहिर चाहन्थे ।

IME
khanepani