काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

सरकारमा महिला सामेल हुनुपर्नेमा तालिबानको जोड, मानिसको घरमा नछिर्न लडाकुलाई निर्देशन

4.78K
shares
khanepani bord

काठमाडौं । तालिबानले अब बन्ने सरकारमा महिला पनि सामेल हुनुपर्नेमा जोड दिएको छ । अफगानिस्तानमा कब्जा जमाएपछि तालिबानले नयाँ सरकारबारे आफ्नो धारणा राखेको हो ।

‘इस्लामिक इमिरेट्सले महिला पीडित होउन् भन्ने चाहँदैन’, तालिबानको संस्कृतिक समितिका सदस्य इनामुल्लाह समानगानीले भनेका छन् । यद्यपि इस्लामिक कानुन अनुसार महिलाहरु सरकारमा सामेल हुनुपर्ने उनको भनाइ छ ।

‘अहिलेसम्म सरकारको संरचना पूर्णरुपमा स्पष्ट हुन सकेको छैन तर अनुभवको आधारमा सरकार पूर्णरुपमा इस्लामिक नेतृत्वको हुनेछ र सबै पक्षहरु त्यसमा समावेश हुनेछन्’, समानगानीले थपेका छन् ।

यसैबीच तालिबानले आफ्ना लडाकुलाई आधिकारिक निर्देशिका जारी गर्दै मानिसहरुको घरमा नछिर्न निर्देशन दिएको छ । तालिबानको सैन्य समितिका प्रमुख मुल्लाह याकूबले कसैलाई पनि मानिसहरुको घरमा छिर्ने अनुमति नभएको बताएका छन् । विशेषगरी काबुल सहरमा यस्तो काम नगर्न उनले सुझाएका छन् ।

यसअघि काबुल सहरमा तालिबानका लडाकुहरु मानिसको घरमा छिरेको अस्पष्ट समाचार आएसँगै तालिबानले यस्तो वक्तव्य जारी गरेको हो । तालिबानले सबै सरकारी अधिकारीलाई आममाफीको निर्णय गर्दै सबै सरकारी कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ ।

मंगलबार काबुलका मेयर र कार्यकारी सार्वजनिक स्वास्थ्यमन्त्री काममा फर्किएका छन् ।

IME
khanepani