नेपाल विद्युत प्राधिकरण ११ अर्ब ७१ करोड नाफामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले ११ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को विद्युत व्यापार, वित्तीय संचालन खर्च समेत कटाएर प्राधिकरणले खुद ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

मंगलबार प्राधिकरणको ३६ औं वार्षिकोत्सवका अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । यस्तो नाफा करसमेत कटाएर प्राधिकरणले गत आर्थिक वर्षमा खुद ११ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको एमडी घिसिङको भनाइ छ ।

उनका अनुसार गत आर्थिक वर्षको १२ महिनामा प्राधिकरणले विद्युत व्यापार तथा उत्पादनबाट गरी कुल ८० अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ भने सो अवधिमा सञ्चालन खर्च तर्फ प्राधिकरणले ६८ अर्ब ४५ करोड खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १०.९६ प्रतिशतले खर्च र ५०.६७ प्रतिशले प्राधिकरणको नाफा बढेको हो ।

१,भाद्र.२०७८,मंगलवार १४:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्