अफगानिस्तानमा अमेरिकी पत्रकार हिजाबमा देखिइन् : भनिन्, ‘तालिबानीको व्यवहार मित्रवत्’

एजेन्सी । अफगानिस्तानमा सत्ता परिवर्तन भएलगत्तै मिडियाले पनि आफ्नो रङ्ग फेर्नुपरेको छ । अमेरिकी मिडिया हाउस सीएनएनकी मुख्य अन्तरराष्ट्रिय रिपोर्टर क्लेरिसा वार्ड हिजाबमा देखिइन् । रिपोर्टिङका बेला क्लेरिसाले एकातिर तालिबानीले अमेरिकालाई नष्ट गर्नुपर्छ भन्ने नारा लगाइरहेका छन् भने अर्कोतर्फ उनीहरुको व्यवहार निकै मित्रवत् देखिएको बताएकी छिन् । उनी यसलाई पूर्ण रुपमा अचम्म ठान्छिन् ।

क्लेरिसाले बताइन् महिलाका लागि कति फेरियो अफगानिस्तानः

क्लेरिसा सोमबार अफगानमा अमेरिकी दूतावासबाहिर रिपोर्टिङ गरिरहेकी थिइन् । उनले भनिन्, ‘दुई दिन अघिको तुलनामा अब अफगानिस्तानको सडकमा महिला निकै कम देखिएका छन् । यसबाहेक अर्को एउटा कुरा याद गर्नुपर्ने के छ भने अफगानिस्तानमा तालिबानले हुकुम जमाएपछि महिला बढी पारम्परिक र ढाकिने पहिरनमा देखिएका छन् ।’

२४ घण्टामा रिपोर्टिङको स्वरुप नै फेरियोः

क्लेरिसाको रिपोर्टिङको जुन भिडियो सार्वजनिक भएको छ, त्यसमा उनी टाउकोदेखि खुट्टासम्म बुर्कामा देखिएकी छिन् । उनको पछाडि तालिबानी लडाकू देखिएका छन् । कति जीपमा बसेर नाराबाजी गरिरहेका छन् – अमेरिका नष्ट होस् भन्दै । यसअघि पनि क्लेरिसाले अफगानिस्तानमा रिपोर्टिङ गरिरहेको देखिएकी थिइन् तर त्यतिबेला उनले यस्तो पहिरन लगाएकी थिइनन् । १५ अगस्टकै एउटा भिडियोमा उनी एउटा कुर्ता र सलमा देखिएकी थिइन् तर १६ अगस्टमा रिपोर्टिङ गर्दा उनले हिजाब लगाएको देख्न सकिन्छ ।

क्लेरिसाले भनिन्, ‘अफगानिस्तानमा काम गरिरहेका पत्रकार अक्क न बक्क छन्’

क्लेरिसाले आफ्नो एक रिपोर्टमा तालिबानी कब्जापछि यहाँ काम गरिरहेका बहादुर पत्रकार अक्क न बक्क भएको बताएकी छिन् । उनका अनुसार तालिबानले सत्ता हासिल गरेपछि उनीहरुलाई धक्का लागेको छ । उनले भनिन्, ‘हामीलाई थाहा छ कि अब हामी निशानामा छौं किनभने हामीले अशरफ गनी सरकारका बेला खुल्ला रुपमा रिपोर्टिङ गरेका थियौं । सुरुमा हामीले तालिबानविरुद्ध बोलिरहेका थियौं र अब सबैभन्दा ठूला टार्गेट हामी नै हौं ।’

१,भाद्र.२०७८,मंगलवार १५:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्