पद जोगाउन निर्वाचन आयोग पुगेर फर्किए माधव नेपाल पक्षका नेता

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् । एमालेले गरेको कारवाहिका सम्बन्धमा बुझ्न निर्वाचन आयोग पुगेका थिए ।

सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए ।

आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएका पाण्डेले सञ्चारकर्मीको जिज्ञासामा आज आफूहरुको तयारी नपुगेको जवाफ दिएका थिए ।

सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । सरकारले एमाले र जनता समजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको राजनीतिक वृत्तमा टिप्पणी छ ।

संसद छलेर अस्थिरता निम्त्याउने अध्यादेश ल्याएको भन्दै विरोध भइरहेको छ ।

२,भाद्र.२०७८,बुधबार १५:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्