
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का कार्यकारी अधिकृत(सिइओ) मिलनकुमार शाक्यका कारण तहसनहस हुन सन्निकट पुगेको अवस्था छ ।
मिलनकुमार शाक्यसँग केयूकेएलका प्रायः सबै कर्मचारी यूनियनहरु, केयूकेएलका व्यवस्थापकहरु, सबै शाखाका शाखा प्रमुखहरु, केयूकेएल वोर्ड, काठमाडौं उपत्यका व्यवस्थापन बोर्ड, खानेपानी तथा सरसफाइ मन्त्रालय र पिआईसम्म रुष्ट भएका प्रमाणहरु फेला परेका छन ।
उनी गफका पुलिन्दा रहेको र उनीबाट केयूकेएलको सुधार भन्दा विनास क्रमशः भइरहेको सरोकारवालाहरुको तर्क रहेको छ । केयूकेएलका शाखा प्रमुखहरु भन्छन, ‘अहिलेसम्म यस्तो शास्ती र दुःख भोग्नु परेको थिएन र अबका दिनमा पनि भोग्नु पर्ने छैन भनेर मुख अध्यारो बनाउने गरेका छन ।’
सिइओ शाक्यका कारण शाखामा अनियमति र भ्रष्टाचार कसरी हुने गरेको छ भन्ने प्रमाण केयूकेएलकै माथिल्लो तहका कर्मचारीहरुले खुल्ला व्यक्त गरिरहेका छन ।
महाँकाल चौर शाखाका प्रमुख उमेश मरठ्ठाले त बाबुको इज्जतलाई समेत धुलोमा मिलाउने काम गरेको कुरा केयूकेएलका पूर्व सिइओ महेशकुमार भट्टराईले पटक पटक भन्ने गरेका थिए । तर, त्यसलाई आधार बनाएर उनीमा सूधार भन्दा बढी विनास देखिएको उनी निकटहरु वीच चर्चा चल्ने गरेको छ ।
महाँकाल चौरका प्रमुख मरठ्ठा, लेखा प्रमुख राजु कोइराला, खरिद प्रमुख नवलसिंह साउदका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी समेत परेको छ । उनीहरु जिल्ला दररेट भन्दा तिन गुना बढीमा फिटिङका सामान खरिद गरेको र खन्ने पुर्ने काममा पनि अस्वभाविक रेट राख्ने गरेको बुझिन आएको छ । यस विषयमा अख्तियारमा उजुरी परेको छ । उसले अवश्य पनि अनुसन्धान गर्ने नै छ ।
एक जना केयूकेएलकै व्यवस्थापकले केयूकेएलको कोर ग्रुपको सामाजिक सञ्जालमा लेखेका छन, ‘श्रीमान सिइओ ज्यू, विभागिय प्रमुख र सम्पुर्ण कार्यालय प्रमुखहरु ! लामो अन्तराल पछि हिजो हामी दूई विभागिय प्रमुख र सिइओ बिच CIP र अन्य विषयमा लामो छलफल भयो, जसमा मैले राखेका प्रश्नको सहि जवाफ पाईन ?
जसरि विगतमा CIP लाई, योजना तथा सहयोग बिभाग अन्तर्गत राखि छायाँमा राखेर अपारदर्शी ढंगले सन्चालन गरियो र त्यसरी नै आउदो बर्ष पनि सन्चालन गर्न खोजिएको मैले बुझेकोले यस विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको र सहमति नरहेकोले, आजको यस बर्षको प्रथम मिटिङमा मेरो उपस्थिति नहुने कुरा जानकारी गराउदछु ! धन्यबाद नमस्कार’ लेखेका छन । उनले अन्तमा लेखेका छन । यो कुनै अनलाइन खवरले समाचार बनाएर छापेमा संयोग मात्र हुने छ, पनि भनेर लेखेका छन । यसले के बुझाउँ छ भन,े केयूकेएलमा गत बर्ष पनि धेरै अनियमित काम भएका छन र यस वर्ष पनि त्यसैलाई निरन्तरता गर्न खोजेपछि व्यापक विरोध भएको बुझ्न सकिन्छ ।
आजसम्म नेपाली जनता अनलाइन पत्रिकाले छाप्दै आएको केयूकेएलको अनियमितता र भ्रष्टाचारको मुद्धालाई केयूकेएलकै कर्मचारीहरु र व्यवस्थापनका पक्षबाट सामाजिक सञ्जालमा आएको स्टाटसले पनि पुष्टि गर्दै आएका छैन र ?
यो समाचार पनि पढ्नु होला ?
केयूकेएल महाँकाल चौरका मरठ्ठा समुह विरुद्ध अख्तियारमा मुद्धा दर्ता, के अख्तियारले गर्ला त छानविन र कारवाहि ?
केयूकेएल महाँकाल चौर शाखामा व्यापक भ्रष्टाचार, टेक्नीकल अडिटको माग गर्दै पर्न थाले उजुरी
केयूकेएल महाकालचौर शाखामा करोडौको भ्रष्टाचार, मिलन शाक्य कुलमान हैन भए घुषमान
प्रतिक्रिया दिनुहोस्