नेप्सेमा ऐतिहासिक रेकर्ड, परिसूचक ३२ सय नजिक पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केही दिनयताको मौनता तोड्दै बुधबार नेप्से परिसूचकले ३८.२८ अंकको बृद्धि गर्दै अधिकतम ३१ सय ९८.६० विन्दु कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।

नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.८३ अंकले बढेर ५९८.११ बिन्दुमा पुगेको छ ।

त्यसो त एकै दिन ३८ अंक माथिले नेप्से परिसूचक बढेर ३२ सय बिन्दु नजिक पुगेको दिन कारोबार रकम समेत २१ अर्ब माथिको भएको छ । नेप्सेका अनुसार यस दिन कुल २२८ कम्पनीका ३ करोड ६५ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा २१ अर्ब ३१ करोड ३४ लाख माथिको कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन ट्रेडिङ (व्यापार) र म्युचुअल फण्ड बाहेकका सबै जसो समूह तथा उप समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् ।

२,भाद्र.२०७८,बुधबार १७:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्